आज सार्वजनिक बिदा — OSNepal

आज सार्वजनिक बिदा

LC (KTM) November 14, 2021 0

शङ्खधर दिवसका अवसरमा आज मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । शङ्खधर साख्वाःको योगदानलाई जीवन्त राख्न नगरपालिकाले २०७६ सादेखि सो दिवसका अवसरमा सार्वजनिक बिदा दिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ साल मङ्सिर २ गते नेपाल संवत्को प्रवद्र्धक शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन नेपाल संवत् कछलाथ्व दशमी तिथिका दिन हरेक वर्ष शङ्खधर दिवस मनाउँदै आइएको शङ्खधर साख्वाः प्रतिष्ठानका पूर्वअध्यक्ष श्याममानन्धरले जानकारी दिनुभयो ।

यो दिवसका अवसरमा नगरपालिकाले विगत तीन वर्षदेखि सार्वजनिक विदा दिँदै आएको हो । दिवसकै अवसर पारेर काठमाडौंँ महानगरपालिकाको सहयोगमा निर्माण भएको शङ्खधर पार्ककोसमेत आज उद्घाटन गर्दैछ । काठमाडौँ महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडको लागतमा १३ रोपनी क्षेत्रफलमा परम्परागत शैलीमा ढुङ्गेधारा, एमपि थियटरसहित निर्माण भएको पार्कको उद्घाटन गर्ने तयारी गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

हरिबोधिनी एकादशीः चाँगुनारायणले दिए विदा त्यस्तै चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिने भएको छ । यो एकादशीको दिनमा चार नारायणमा भव्य मेला लाग्ने र त्यसमध्ये जेठो नारायणको रुपमा मानिँदै आएकोे चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकाले चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । नगरपालिकाले यस दिनलाई स्थानीय पर्वको रुपमा घोषणा गर्दैै विगत तीनवर्षदेखि सार्वजनिक बिदा दिने गरी क्यालेण्डर बनाएकाले भोलि बिदा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर