आन्दोलनरत कानुन व्यवसायीबाट गृहमन्त्री खाँडको राजीनामा माग — OSNepal

आन्दोलनरत कानुन व्यवसायीबाट गृहमन्त्री खाँडको राजीनामा माग

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलन गर्दै आएका कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन् ।

शान्तिपुर्ण रुपमा गरिएको विरोध कार्यक्रममा गृहमन्त्रीले दंगा प्रहरी परिचालन गरी बल प्रयोग गरेको भन्दै कानुन व्यवसायीले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

आइतबार सर्वोच्च परिसरमा भएकोम विरोध कार्यक्रममा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सबैले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर