आन्दोलनरत कानुन व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने-गठवन्धन दलहरुसँग छलफल गरेर छिट्टै निकास दिनेछु — OSNepal

आन्दोलनरत कानुन व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने-गठवन्धन दलहरुसँग छलफल गरेर छिट्टै निकास दिनेछु

LC (KTM) November 26, 2021 0

काठमाडौै १० मंसिर । आन्दोलनरत कानुन व्यवसायीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्दे शम्शेरको विषयमा निकास दिने बताएका छन् ।

आज बालुवाटार भएको दूई पक्षबिचको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । छलफलमा देउवाले गठवन्धन दलहरुसँग छलफल गरेर छिट्टै निकास दिने बताएका छन् ।

गत कात्तिक १४ गते देखि सर्वोच्च अदालतको परिसरमा जारी आन्दोलन अझै पनि सेलाउन सकेको छैन ।

छलफलमा बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, बारका पदाधिकारी, वरिष्ठ अधिवक्ताहरू दमननाथ ढुंगाना, बद्रिबहादुर कार्की, प्रेमबहादुर खड्का, शम्भु थापा, रमन श्रेष्ठ, हरिहर दाहाल, सतीशकृष्ण खरेल लगायतको उपस्थिति रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर