आन्दोलनरत कानुन व्यवसायीहरुको समुहबाट अलग भएका यी पाँच न्यायाधीशहरु इजलास पुगेनन् — OSNepal

आन्दोलनरत कानुन व्यवसायीहरुको समुहबाट अलग भएका यी पाँच न्यायाधीशहरु इजलास पुगेनन्

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । आन्दोलनरत कानुन व्यवसायीहरुको समुहबाट अलग भएका पाँच न्यायाधीशहरु इजलास पुगेका छैनन् ।

सोमबार आफुहरु अब नियमित इजलासमा फर्किने भन्दै आन्दोलनमा अनाउने घोषणा गरेका न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडाल अहिले सम्म पनि इजलास पुगेका छैनन् ।

आज पाँच जनाको संयुक्त इजलास थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले श्रेष्ठ र शर्माको इजलासमा २१ वटा तथा केसी र रेग्मीको संयुक्त इजलासमा ४१ मुद्दाको पेशी तोकेका छन् ।

गत कात्तिक १४ गते देखि जारी प्रधानन्यायाधीश विरुद्धको आन्दोलमा सहभागी भएका उनीहरुले अब आफ्नो नियमित काममा फर्किने घोषणा गरेका थिए । यस भन्दा अघि उनीहरुले बन्दीप्रत्यक्षीकरण मुद्धा मात्र हेरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर