आफुभन्दा २० वर्ष कान्छी अमीषासँग नाम जोडिए पनि भएनन् सनी देओलको बिहे — OSNepal

आफुभन्दा २० वर्ष कान्छी अमीषासँग नाम जोडिए पनि भएनन् सनी देओलको बिहे

LC (KTM) November 18, 2021 0

एजेन्सी – चर्चित अभिनेता तथा निर्देशक सनी देओलले पंजाबको गुरदासपुर सीटमा बीजेपीको टिकटमा चुनाव लडेका थिए । चुनाब लडेर जितेपछि उनको चर्चा झनै चुलिएको थियो । बलिउडमा उनि आफ्नो फिल्म ‘गदर’बाट निकै चर्चामा आएका थिए । २००१ सालमा आएको सनीको ‘गदर’ बक्स अफिसमा निकै हिट भएको थियो ।

सोहि फिल्ममा सनीको जोडि बाधेकी थिइन चर्चित नायिका अमीषा पटेलले । त्यसैले फिल्मको समयमा सनी देओल र अमीषा पटेलको बीच अफेयरको हल्ला निकै चलेको थियो। उनिहरु माथि टिका टिप्पडि पनि गरेका थिए । अमीषाले एक अन्तर्वार्तामा भनेकी छन् , , ‘सनीको साथमा नाम जोड्नु मेरो नाम पर्खालसँग जोड्नु झै हो ।’सनीले एक अन्तर्वार्तामा भनेका छन् , ‘ के साच्चै अमीषाले मेरो बारेमा यस्तो भनिन ।

नभए अमीषाको साथमा मेरो नाम जोड्नु ,आइसक्रीमको साथमा जोड्नु झै हो। साच्चै भन्दा अमीषा धेरै राम्री र ट्यालेन्टेड केटि हो । हामी दुइ बीच त्यस्तो केहि छैन। उ मेरो कामलाई लिएर समझदार छे। मेरो नराम्रो दिनमा उ नै मेरो तागत बन्छे। हामी २० वर्षदेखि साथमा छौँ। हाम्रो सम्बन्ध धेरै राम्रो छ।’ पछिल्लो समय अमिशा बलिउडमा कुनै पनि फिल्ममा अभिनय गरेकी छैनन् । तर बेला बेला मिडियामा भने छाइरहन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर