आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन प्रधानन्यायाधीशको आह्वान — OSNepal

आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन प्रधानन्यायाधीशको आह्वान

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आज एक विज्ञप्ती जारी गर्दै आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् ।

गत कात्तिक १४ गते देखि जारी कानुन व्यवसायीको आन्दोलनले दिन प्रतिदिन उग्र रुप लिन थालेपछि जवराले संवादमा आउन आह्रान गरेका हुन् ।

विधिको पक्षमा दृढतापूर्वक उभिंदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी जवराले वि१प्ती मार्फत भनेका छन् ।

नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु गरेको आन्दोलनले जवराको राजीनामा माग गर्दै आएको छ ।जवरा भने राजीनामा नदिने बताउँदै आएका छन् ।

जबराले पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिने पनि विज्ञप्तीमा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर