आफ्ना यस्ता कमजोरी औलाउँदै निरास बनिन् बलिउड अभिनेत्री कैटरिना कैफ — OSNepal

आफ्ना यस्ता कमजोरी औलाउँदै निरास बनिन् बलिउड अभिनेत्री कैटरिना कैफ

LC (KTM) November 14, 2021 0

जब बलिउड अभिनेत्री कैट्रीना कैफले बलिउडको दुनियामा फिल्म बुम बाट कदम राखेकी थिईन् त्यतिबेला उनलाई कसैले नोटिस नै गरेको थिएन । यसपछि सन् २००५ मा सलमान खानले जब उनलाई फिल्म मैने प्यार क्यु किया बाट लन्च गरे त्यसपछि कैट्रीना कैफ सबैको मन पर्ने नायिका बन्न सफल भईन् ।

कसैका लागि उनी हट भईन् त कसैको लागि उनी सेक्सी बनिन् । तर कैट्रीना कैफले एक अन्र्तबार्तामा भनेकी थिईन् कि न म हट छु न त सेक्सी नै । उनले रेडिफ डट कम संगको कुराकानीको क्रममा भनेकी थिईन् – के तपाई जान्नु हुन्छ क म ब्यक्तिगत रुपमा आफुलाई कसरी महसुस गर्छु ।

न म हट छु न त म सेक्सी नै । तपाई भित्र एक अपील हुनु पर्छ जसले तपाईलाई अरु भन्दा अलग बनाओस । तपाईले मात्र एक चीज गर्नुपर्छ कि जसका कारण तपाइले अडियन्सलाई कहिले निराश बनाउनु हुने छैन । उनी आफ्नो फिटनेस प्रति अत्यन्तै ध्यान दिने गरेकी छिन् ।

उनका अनुसार उनको आमालाई फिल्म उद्योगमा सबैभन्दा फिट कलाकार अक्षय कुमार लाग्ने गरेको छ । कैट्रीना कैफ पनि आफ्नो फिटनेस लाई एकदमै प्राथमिकतामा राख्ने गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर