आफ्नै पिताको शव बोकेको बस दुर्घटना हुँदा छोरा सहित आठ जनाको मृत्यु — OSNepal

आफ्नै पिताको शव बोकेको बस दुर्घटना हुँदा छोरा सहित आठ जनाको मृत्यु

LC (KTM) January 02, 2022 0

बुटवल १८ पौष । मलामी बोकेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । तिन जनाको पहिचान समेत खुलेको प्रहरीले जनाएको छ ।

आज आइतबार बिहान साढे १० बजे भएको दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने घाइते भएका १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सडकबाट करिब डेढसय मिटर तल खसेर दुर्घटनामा परी मृत्यु हुनेमा बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवल जनाएको छ ।

मलामी गएका एक व्यत्तिले दिएको जानकारी अनुसार बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि गएको बसमा दुर्घटनामा परि ज्यान गुमाउने लालबहादुर मृतकका छोरा हुन् । यस विषयमा भने प्रहरीले पुष्टि हुने बाँकी रहेको बताएको छ ।

मृतक विक परिवार अर्घाखांचीको मरेङबाट बुटवलमा बसाई सरेको बताइएको छ । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट–२ लगुवामा दुर्घटना भएको हो ।

दुर्घटनाको कारण भने स्पष्ट भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर