आफ्नै बुवा शाहरुख संग भेट्न अप्वाइन्टमेन्ट लिनुपर्ने छोरा आर्यनको खुलासा , एनसीबीलाई बताए यस्ता गोप्य कुरा — OSNepal

आफ्नै बुवा शाहरुख संग भेट्न अप्वाइन्टमेन्ट लिनुपर्ने छोरा आर्यनको खुलासा , एनसीबीलाई बताए यस्ता गोप्य कुरा

LC (KTM) October 05, 2021 0

बलिउडका बादशाह शाहरुख खानले दशकौ देखी आफ्ना फ्यान तथा दर्शकलाई मनोरञ्जन दिदै आएका छन् । शाहरुख खान आफ्नो काममा एकदमै ब्यस्त रहने गरेका छन् । एक्टिंग, प्रोडक्शन बाहेक अरु धेरै काम रहेका छन् जसमा शाहरुख खान एकदमै ब्यस्त रहने गरेका छन् । शाहरुख खान यतिबेला धेरै प्रोजेक्टमा एकै साथ काम गरिरहेका छन् । जसका कारण उनको शेट्युल एकदमै टाइट रहेको छ ।

यसैक्रममा शाहरुख संग भेट्नका लागि स्यंम उनका आफ्नै छोरा छोरीलाई समेत अप्वाइन्टमेन्ट लिनु पर्ने गरेको छोरा आर्यन खानले खुलासा गरेका छन् । आर्यनले एनसीबीको सोधपुछका क्रममा आफ्नो ड्याडको ब्यस्त कार्यतालिकाको जानकारी दिएका छन् । उनले आफ्नो बुवाको ३ वटा फिल्म शुटिंग भइरहेको बताउँदै आफ्नो फिल्म पठानलाई एकदमै धेरै मेहनत गरिरहेको बताएका छन् ।

पठानमा आफ्नो रोलका लागि शाहरुख खानलाई कैयौ घण्टा सम्म मेकअपमा रहनु पर्ने उनले बताएका छन् । उनले आफ्नो पिता संग भेट्न नि मेनेजर पुजा संग अप्वाइन्टमेन्ट लिनु पर्ने गरेको खुलासा गरेका छन् । त्यसपछि मात्र आफुले भेट्न पाउने गरेको उनले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर