आफ्नै २५ वर्षीय छोरालाई एसिड प्रहार गर्ने बुबा पक्राउ — OSNepal

आफ्नै २५ वर्षीय छोरालाई एसिड प्रहार गर्ने बुबा पक्राउ

LC (KTM) November 23, 2021 0

सोलुखुम्बु ७ मंसिर । एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईली रहेका छन् ।

उनलाई सोमबार राति जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । मापक पदार्थ सेवन गरी एसिड प्रहार गर्दा आफ्नै २५ वर्षीय छोरा समेत २ जना घाइते भएका छन् ।

उनीहरुलाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं रिफर गरिएको बताईएको छ ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर