आफ्नै २ वटा फिल्म भिड्ने भएपछि तनावमा आलिया भट्ट, तर निर्देशक सञ्जय लीला भन्सालीले लगाए यस्तो जुक्ती — OSNepal

आफ्नै २ वटा फिल्म भिड्ने भएपछि तनावमा आलिया भट्ट, तर निर्देशक सञ्जय लीला भन्सालीले लगाए यस्तो जुक्ती

LC (KTM) November 19, 2021 0

बलिउड अभिनेत्री आलिया भट्टले अभिनय गरेको दुई वटा फिल्म संगै जुध्ने भएपछि एकपटक फेरि सञ्जय लीला भंसाली निर्देशित फिल्म ‘गंगूबाई काठियावाडी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आलियाको मुख्य भुमीका रहेको यो फिल्म २०२२ को फेब्रअरी १८ बाट प्रदर्शनमा आउने भएको छ । तर यसअघि फिल्मको रिलीज डेट भने जनवरी ६ लाई तोकिएको थियो ।

यस फिल्मको रिलीज डेट पछि सार्नुको मुख्य कारण भने आलियाले नै अभिनय गरेको फिल्म ‘आरआरआर’ को कारण हो । यो फिल्म जनवरी ७ मा प्रर्दशनमा आउने भएपछि निर्देशक भंसालीले फिल्म गंगूबाई काठियावाडीको रिलिज डेटलाई पर सारेका हुन् । एसएस राजामौली निर्देशित ‘आरआरआर’ र भंसालीको ‘गंगूबाई काठियावाडी’ दुवैमा आलियाले नै खेलेकी छिन् ।

एउटै स्टारको फिल्म संग संगै आउने भएपछि दर्शक बाँडिने र फिल्मलाई नै असर पुग्ने देखेपछि भन्सालीले रिलिज डेट पछि सारेका हुन् । गंगूबाई काठियावाडी’ को ट्रेलरलाई आम दर्शकले आलियाको अभिनयको निकै प्रशंसा समेत गरेका थिए । गंगूबाई काठियावाडी’ कामाठीपुरामा एक वेश्यालय चलाउने गंगूबाई कोठेवालीको जीवनमा आधारित छ । उता राजामौलीको फिल्म आरआरआर पनि उत्तिकै दमदार फिल्म रहेकोले यसले पनि राम्रै प्रतिक्रिया पाउने अपेक्षा फिल्म निर्माण पक्षको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर