आफ्नो बेस्ट फ्रेण्डको बिबाह पार्टी बाटै अभिनेत्री आलिया भट्ट आखिर किन भईन् गायब ? — OSNepal

आफ्नो बेस्ट फ्रेण्डको बिबाह पार्टी बाटै अभिनेत्री आलिया भट्ट आखिर किन भईन् गायब ?

LC (KTM) November 18, 2021 0

बलिउड अभिनेत्री आलिया भट्टकी बेस्ट फ्रेण्ड अनुष्का रन्जन चाँडै सात फेरा लिदैछिन् । अनुष्का आफ्नो ब्वाई फ्रेण्ड अभिनेता आदित्य सील संग बैबाहि बन्धनमा बाँधिन लागेकी हुन् । यो जोडीले २१ नोभेम्बरमा बिबाह गर्दैछ । बुधबार अनुष्काको टीम ब्राइडले बैचलरेट पार्टी राखेको थियो । जहाँ वाणी कपुर, सुजैन खान, अरसलान गोनी, क्रिस्टल डिसुजा, अली गोनी लगायत थिए ।

तर अनुष्काको बेस्ट फ्रेण्ड आलिया भट्ट भने पार्टीमा देखिएकी थिईनन् । बैचलरेट पार्टीमा सबै एकदमै ग्ल्यामर्स लुक्समा देखिएका थिए । यसपछि उनीहरुले पायजामा पार्टी गरेका थिए । बैचलर्स पार्टीको तस्बीर अनुष्काले आफ्नो इन्ष्टामा शेयर गरेकी छिन् । वाणी कपुरले पार्टीको इन्साइड फोटोहरु शेयर गरेकी छिन् ।

सबै जमेर मस्ति गरिरहेको देखिन्थ्यो । तर यस पार्टीमा भने आलिया हराएकी थिईन् । खबर अनुसार आलिया अनुष्काको बिबाहमा सहभागि हुन्छिन् । उक्त पार्टीमा ब्राइड टु बी अनुष्का रन्जनले आफ्नो साथीहरु संग स्टाइलीस तरिकाले पोज दिएकी छिन् । अनुष्काले आफ्नो गर्ल ग्यांग संग डान्स समेत गरेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर