आफ्नो साथ छोडेर एमाले प्रवेश गरेका भीम रावल लगायत १० जनालाई लक्षित गर्दै नेपालले यस्तो भनेपछि... — OSNepal

आफ्नो साथ छोडेर एमाले प्रवेश गरेका भीम रावल लगायत १० जनालाई लक्षित गर्दै नेपालले यस्तो भनेपछि…

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमालेमा निस्सासिएर बस्नुपर्ने अवस्था आएकोले पार्टी परित्याग गरेको बताएका छन् । सोमबार अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभामा सहभागी भएका अध्यक्ष नेपालले आफुलाई नयाँ पार्टी खोल्दा साथ नदिनेहरु अहिले ढोकामा बसेर रोइ रहेको बताएका छन् ।

नेपालले भनेका छन्, ‘हामीलाई एमालेमा जहाँ ढोका बन्द गरियो। छिर्न दिइएन। छिर्न दिए पनि निकाल्‍ने अवस्था रह्यो। त्यस्तो अवस्थामा प्रवेश गर्न दिएपछि कि ढोका तोड्ने स्थिति बन्छ। कि त नयाँ संघर्ष गर्नुपर्छ।’

अहिले आँट नभएकाहरू त्यही ढोकाबाहिर रोएर कराएर बसिरहेका छन्, कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्‍याउनको लागि एमालेबाट विद्रोह गरेको बताएका उनले किन विद्रोह गरेको त्यहीँ संघर्ष गरेको भए हुन्थ्यो भन्ने कुरा आउँछ। तर, त्यहाँ आफुहरु निस्सासिएर बस्‍नुपर्ने अवस्था बनेको बताएका छन् ।

अध्यक्ष नेपालले भीम रावल सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायत १० जनालाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर