आर्यनसंगै ड्रग्स केसमा तानिएकी अभिनेत्री अनन्याले सार्वजनिक गरिन प्रेमि — OSNepal

आर्यनसंगै ड्रग्स केसमा तानिएकी अभिनेत्री अनन्याले सार्वजनिक गरिन प्रेमि

LC (KTM) October 27, 2021 0

ड्रग्स केसमा आर्यन खान फसे पछि एनसीबीले बलिउड अभिनेत्री अनन्या पाण्डेलाई पनि यस केसमा तानेको छ । एनसीबीलाई आर्यन खान तथा अनन्या पाण्डेको ड्रग्स च्याट मिलेको थियो । जसका कारण अनन्यालाई दुई पटक सम्म एनसीबीले सोधपुछ गरिसकेको छ । यस्तो मुश्किलको समयमा अनन्यालाई उनका मिल्ने साथी ईशान खट्टरले पुरै सर्पाेट गरेका छन् ।

२३ अक्टोबरमा ईशान मुम्बईको बाद्रामा रहेको फुल दोकान बाट बुके खरीद गर्दै गरेको देखिएका थिए । त्यसको ठिक १ घण्टा पनि ईशानको गाडी अनन्या पाण्डेको घरको बाहिर देखिएको थियो । भारतीय संचारमाध्यमका अनुसार ईशान अनन्यालाई भेट्न उनकै निवास पुगेका थिए । जब अनन्याको ड्रग्स केसमा नाम जोडियो त्यतिबेला देखी ईशान नियमित सम्पर्कमा रहेका छन् । उनले अनन्या तथा उनको पाण्डे परिवार ठिक होस् भनेर एकदमै ख्याल गरिरहेका छन् ।

ईशान अनन्या, उनको परिवार तथा उनकी बहिनी रियसाको एकदमै नजिक रहेका छन् । ईशान र अनन्या एक अर्कालाई डेट गरिरहेको भारतीय पत्रकारहरुको दाबी रहेको छ । उनीहरुको सम्बन्ध एकदमै मजबुत तरिकाले अगाडि बढिरहेको छ । अहिले सम्म उनीहरुले आफ्नो सम्बन्ध बारे आधिकारीक बताएका छैनन् तर पुरै फिल्म उद्योग उनीहरुको बारेमा जानकार रहेको छ । ईशान तथा अनन्या फिल्म खाली पीलमिा संगै देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर