आर्युवेद उपचार प्रति स्थानियको आक्रर्षण बढदो — OSNepal

आर्युवेद उपचार प्रति स्थानियको आक्रर्षण बढदो

LC (KTM) January 14, 2022 0

मुगु पुस -पछिल्ला दिनहरुमा आयुवेद उपचार प्रति उहाँका स्थानियहरु आक्रशित हुदै गएका छन ।मुगु जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले आयुवेद सम्वन्धी जनचेतना तथा स्थानिय स्तरमा उपलब्ध जडीवुटी सहितको उपचार विधी बारे जनचेतना जगाउदा मुगालीहरु अन्य उपचार भन्दा आयुवेद उपचार गर्न सहज मान्ने गरेका हुन ।

कार्यालयले जिल्लाका कुना, कन्दरा विकट बस्तिहरुमा पटक पटक आयुर्वेद स्वास्थ्य शिविर संचालन गर्दा स्थानियहरुले घर आँगन मै उपचार पाएको र परापुर्व कालदेखि गाँउघर मै उपचार गदै आएको पद्घतीलाई सुधार गदै उपचार गरिने गरेको पाईएपछि स्थानियहरु आयुवेद उपचार प्रति आक्रशित भएको स्थानिय अंक बहादुर बुढाले बताउनु भयो ।

हालै आयुवेद कार्यालयले मुगु जिल्लाको सोरु गाँउपालिकामा २ दिने आयूर्वेद शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा टाढा टाढा गाँउहरुबाट सेवा लिन स्थानिय पुगेको र उपचारका लागी आएका विभिन्न रोगबाट पिडित व्यक्तिहरुले उपचार र औषधी पाउदा खुशि व्यक्त गरेको कार्यक्रम संचालक राजाराम बढुवालले बताउनु भयो ।

शिविरमा चिकित्सक रमेश आचार्य र योग गुरु जय बहादुर मल्ल पनि सहभागी रहनु भएको थियो ।आयुवेद स्वास्थय टोलीले नार्थपु स्वाथ्य चौकीमा शिविर र धुपी चौर आधारभुत विद्यालयका विद्याथीहरुलाई योग शिक्षा दिएको थियो ।

आयुवेद शिविरबाट ७८० जना स्थानियहरुले सेवा लिएको पनि कार्यक्रम संचालक बढुवालले जानकारी गराउनु भयो ।
आयूर्वेद स्वास्थ्य कार्यालय मुगुको बार्षिक कार्यक्रम आयूवेद तथा योग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर र विद्यालय आयुवेद तथा योग शिक्षा अन्तरगत शिविर र योग शिक्षा दिईएको थियो ।

ग्रामिण स्तरमा आयुवेद उपचार प्रति स्थानियहरुको विश्वास हुदा हुदै पनि राज्य स्तरबाट आयुवेद प्रति उदाशिनता र प्रयाप्त बजेटको व्यवस्था नहुदा यो उपचार पद्घती अझै प्रभावकारी हुन सकेको छैन । जुनवेला अस्पताल थिएनन,स्वास्थ्यकर्मी थिएनन विरामी हुदा भगवान भरोसामा बस्नु पथ्र्यो त्यो वेला हामो्र पुर्वजहरु आफनो वरपर पाईन जडिवुटीको प्रयोग गरेर उपचार गर्थे भने योग गरेर स्वस्थ रहन्र्थे, आधुनिक युगमा विश्व प्रवेश गरेसंगै ओझेलमा परेको यहि आयृर्वेद उपचार विधीको महत्व आजभोलीको विश्व मानवले क्रमश महशुस गदै अंगाल्दै जान थालेको छ ।

हामो्र रैथाने उपचार विधी यहि आयुर्वेद तथा योग शिक्षा भएकाले राज्यले पनि यसको विकासमा जोड दिनु पर्र्ने योगगुरु जय बहादुर मल्ल बताउनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर