आशिष र आँचलले निकै मेहेनत गरेर ल्याए 'झ्याई झ्याई पञ्चे बाजाले', भिडियोको सर्वत्र चर्चा — OSNepal

आशिष र आँचलले निकै मेहेनत गरेर ल्याए ‘झ्याई झ्याई पञ्चे बाजाले’, भिडियोको सर्वत्र चर्चा

LC (KTM) November 19, 2021 0

काठमाडौँ । पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी लगायतका हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत झ्याई झ्याई पञ्चे बाजालेको भिडियो सार्वजनिक भएको छ ।

गायिका ऋतिका श्रेष्ठ र गायक आशिष सचिनको स्वर रहेको गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो । मंसिर महिना अझ त्यसमा पनि विबाहको मौसम सुरु भएसँगै गायक आशिषले बजारमा ल्याएको गीतले विबाहको यो मौसममा थप रौनकता थपेको छ ।

सार्वजनिक गीतमा गीतकार महेश आचार्यका शब्द शृजनामा एसडी योगीको संगीत सृजना रहेको छ । बियोन्डको कन्सेप्ट रहेको भिडियोमा रमाइलो रमाइलोमा नै प्रेममा परेका तर विदेश जान बाध्य एक प्रेम जोडीको कथालाई पछिल्लो समयका लोकप्रिय निर्देशक कविराज गहतराजले निर्देशन गरेका हुन् । रमाइलो शैलीको डान्सिगं गीतमा नेस स्टुडियोका कलाकार तथा संगीतकर्मीहरुले फरक प्रयोग गरेका छन् ।

एसडी योगी र ब्रिजेश श्रेष्ठको बिट रहेको गीतको भिडियोको प्रिमियर कार्यक्रममा बोल्दै गायक तथा मोडल आशिषले राम्रो टिमवर्क भएको र नेस स्टुडियोका संगीतकर्मीहरुसँगको काम निकै चित्त बुझ्दो भएको र फरक जनराका संगीतकर्मीहरुसँग काम गर्न पाउनु आफ्ना लागि सौभाग्य भएको बताए । त्यस्तै नायिका तथा मोडल आँचलले राम्रो टिमवर्क भएका कारण भिडियो राम्रो बनेको बताइन् ।

सो अवसरमा एसडी योगी र ब्रिजेश श्रेष्ठले आँफुहरुले फरक जनरामा काम गर्दा निकै रमाइलो भएको अनुभव सुनाए । भिडियोमा आशिष र आँचलका अलावा जेरी भणडरीको पनि अभिनय रहेको छ । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा नवराज उप्रेतीको छायांकन रहेको छ । हेर्नुहोस् यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर