इंग्लिस प्रिमियर लिगमा न्युकासल माथि आर्सनलको सहज जित — OSNepal

इंग्लिस प्रिमियर लिगमा न्युकासल माथि आर्सनलको सहज जित

LC (KTM) November 27, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत आज राती सम्पन्न खेलमा आर्सनलले सहज जित हात पारेको छ । आजको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई शुन्यका बिरुद्ध दुई गोलले पराजित गरेको हो । आर्सनललाई जित दिलाउन बुकायो साका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे ।

खेलको ५६ औं मिनेटमा साकाले र ६६ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई दुई शुन्यको सहज जित दिलाएका हुन् । आजको यो जितसँगै आर्सनलले १३ खेलमा २३ अंक जोड्न सफल भएको छ ।आर्सनल लिगको पाँचौं स्थानमा रहेको छ । न्युकासल भने ६ अंक जोडेर लिगको सबैभन्दा पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर