इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध — OSNepal

इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध

LC (KTM) December 29, 2021 0

काठमाडौं,१४ पुस – इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध बनेको छ ।

मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १-० ले पराजित भएसँगै लिभरपुलले हार व्यहाेरेकाे हाे । खेलकाे ५९ मिनेटमा एडेमोला लुकम्यानकाे गोलबाट सिटीले अग्रता बनाएको थियो ।

बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो । योसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ ।

पराजित लिभरपुल १९ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा छ । लेस्टर सिटी भने १८ खेलबाट २५ अंकका साथ तालिकाको नवौं स्थानमा रहको छ ।

अन्य खेलमा बेस्ट ह्याम युनाइटेडले वाटफोर्डमाथि ४–१ गोल अन्तर, नर्विच सिटीले क्रिष्टल प्यालेससँग ३–० गोल अन्तरले पराजित गर्दा साउथह्याम्पटन र टोटनह्यामले १–१ गोलको बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर