इङ्लिस प्रिमियर लिग : बर्नलीसँग चेल्सी बराबरीमा रोकियो — OSNepal

इङ्लिस प्रिमियर लिग : बर्नलीसँग चेल्सी बराबरीमा रोकियो

LC (KTM) November 07, 2021 0

काठमाडौं, २१ कात्तिक । इङ्लिस प्रिमियर लिगको ११ औँ चरणको खेलमा शीर्ष स्थानको चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा चेल्सी बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

स्ट्राम्फोर्डमा काइ हभार्ट्जले ३३औँ मिनेटमा चेल्सीलाई अग्रता दिलाए । बर्नलीका माटिज भ्यड्राले खेल सकिन ११ मिनेट बाँकी रहँदा गोल गर्दै टोलीको हार संकट टारे ।

बराबरीको नतिजापछि चेल्सी ११ खेलबाट २६ अंकसहित शीर्ष स्थानमा छ । बर्नली ११ खेलबाट ८ अंकसहित १८ स्थानमा छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग २३ अंक छ । म्यानचेस्टर डर्बीमा सिटीले युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेकाे छ ।

नर्विच सिटीले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तर, क्रीस्टल प्यालेसले उल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दा न्युक्यासल युनाइटेड र ब्राइटनले १-१ को बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर