इजिप्टको फुटबल ईतिहासमा आज कालो दिन, जितेको खुशीयाली मनाउँदै गर्दा प्रशिक्षकको हृदयघातका कारण निधन — OSNepal

इजिप्टको फुटबल ईतिहासमा आज कालो दिन, जितेको खुशीयाली मनाउँदै गर्दा प्रशिक्षकको हृदयघातका कारण निधन

LC (KTM) December 04, 2021 0

इजिप्टको फुटबल ईतिहासमा आज कालो दिन साबित भएको छ । बिहिबार भएको ईजिप्टको दोस्रो लिगमा आफ्नो टिमले गोल गरेपछि खुशीयाली मनाउने क्रममा प्रशिक्षक एडम एल सल्हेदारको एक्कासी हृदयघातका कारण निधन भएको छ । एल जाग्राविरुद्धको खेलमा ९२औं मिनेटमा गोल गरेको थियो । अन्तिम मिनेटमा गोल गरेपछि खुशीयाली मनाउने क्रममा एल मग्डका ५३ वर्षीय प्रशिक्षक एल सल्हेदारलाई हृदयघात भएको हो ।

हृदयघात भएसंगै उनलाई तत्काल हस्पिटल लगिएको थियो । हस्पिटल पुर्याउना साथ उनको निधन भएको थियो । इजिप्टका चर्चित प्रशिक्षक सल्हेदारले आफु खेलाडी रहदा इजिप्टियन प्रिमियर लिगको उपाधि समेत जितेका थिए ।उनको क्लब एल माग्डले आगामी खेलहरु रोकेर ६ दिन शोक मनाउने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर