इतिहासमा पहिलो पटक अन्टार्टिकामा विमानले गर्‍यो सफलापूर्वक अवतर‍ण — OSNepal

इतिहासमा पहिलो पटक अन्टार्टिकामा विमानले गर्‍यो सफलापूर्वक अवतर‍ण

LC (KTM) November 30, 2021 0

केप टाउन, १४ मंसिर -इतिहासमा पहिलाे पटक अन्टार्टिकामा एउटा विमानले सफलापूर्वक अवतरण गरेकाे छ । एउटा व्यावसायिक एयर बस कम्पनीकाे ए ३४० विमान हिउँले ढाकेकाे धावनमार्गमा यसै महिनाकाे सुरुमा अवतर‌ण भएकाे हाे । विमानकाे पहिलाे अवतरणसँगै अन्टार्टिकामा पर्यटनका लागि बाटाे खुलेकाे छ ।

ए ३४०विमान नाेभेम्बर २ मा अफ्रिकाकाे राजधानी केप टाउनबाट अन्टार्टिकाका लागि उडेकाे थियाे । अन्टार्टिकामा पुग्न विमानले चार हजार ६३० किलाेमिटर उडेकाे थियाे ।

विमानका क्याप्टेन मिरपुरीका अनुसार विमान सफलतापूर्वक इतिहासमै पहिलाेपटक निलाे हिमनदीबाट बनेकाे धावनमार्गमा अवतरण गरेकाे थियाे । साे एतिहासिक उडानलाइ हाइ फ्लाइ बुटिक उड्यन कम्पनीले सञ्चालन गरेकाे थियाे । वुल्फ ग्याङ पर्वताराेहण क्याम्पले विमान चार्टड गरेकाे थियाे ।

सफल अवतर‌‍णसँगै साे विमानलाइ यस माैसममा पर्यटकहरुले प्रयाेग गर्नेछन् । विवरणअनुसार १९० टनकाे विमान धावनमार्गमा पुग्दा ककपिटमा डर बढेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर