इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प, ९०० घर क्षतीग्रस्त — OSNepal

इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प, ९०० घर क्षतीग्रस्त

LC (KTM) January 15, 2022 0

जाकार्ता, १ माघ-इन्डोनेसियामा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षती भएको छ । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतीग्रस्त भएका छन् ।

भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरुले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् । इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६.६ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार शुक्रबार बेलुका ४.०५ मिनेट भूकम्प आएको हो । इन्डोनेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर