इन्द्रावती नदीले बगाएर वेपत्ता बनाएको आठ जनाको शव फेला, सातको जनाको पहिचान खुल्यो — OSNepal

इन्द्रावती नदीले बगाएर वेपत्ता बनाएको आठ जनाको शव फेला, सातको जनाको पहिचान खुल्यो

LC (KTM) June 16, 2021 0

काठमाडौँ २ असार । इन्द्रावती नदीले बगाएर वेपत्ता बनाएको आठ जनाको शव फेला परेको छ । जसमा सात जनाको शनाखत भएको छ ।

बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल रहेका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाउदा आठ जना वेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर