इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाई सुन ल्याउँदै गर्दा २२ वर्षीय युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ — OSNepal

इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाई सुन ल्याउँदै गर्दा २२ वर्षीय युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेंलो धातु सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ लिङखिम-७ स्थायी वतन भएका २२ वर्षीय जिबन लिम्बु रहेका छन् ।

उनको साथबाट प्रहरीले १ सय २४ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुको बाला १ थान र औँठी २ थान बरामत गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार एक्सरेमा जाँच गर्ने क्रममा इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाई उक्त धातु अबैध रुपमा लुकाई भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी भन्सार कार्यालय र विमानस्थल प्रहरीको टोलीले बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारवाही तथा अनुशन्धानको लागि भन्सार कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुझाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर