उत्कृष्ट काम गरी उत्कृष्ट मेयरको उपाधि पाएका धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडसँगको अन्तवार्ता — OSNepal

उत्कृष्ट काम गरी उत्कृष्ट मेयरको उपाधि पाएका धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडसँगको अन्तवार्ता

LC (KTM) November 14, 2021 0

काठमाडौं २८ कात्तिक । धनगढीका उपमहानगरपालिकाका मेयर नृप ओडले आफ्नो कार्यकालमा १५ -१६ ओटा वडामा खानेपानी तथा १६ वटा वडामा आफ्नै स्वास्थ्य चौकी समेत बनाइसकेको बताएका छन् ।

मेयर ओडले ओस एस नेपालको अन्तराष्ट्रिय डिषकोर्समा पत्रकार एच बी तार्माकारसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

आफ्नो चार वर्षे कार्यकालमा उत्कृष्ट काम गरी उत्कृष्ट मेयरको उपाधि पाएका ओडले महानगरमा भएका १९ वडा मध्ये १६ वटा वडामा स्वस्थ्य चौकी स्थापना गर्नुका साथै बाटो, खानेपानी स्वच्छ वातावरण तथा विभिन्न विकास निमार्णकार्य सम्पन्न गरेको बताएका छन् ।

हरेक वडामा आ- आफ्नै अप्टिकल भाइबर समेत राखेको बताएका उनले पर्यटकीय क्षेत्रमा समेत विकास गरेको बताएका छन् । शिव पुरी धाम र होम स्टेलाई व्यवस्थित बनाएको बताएका छन् ।

तिन वर्षमा बनाउन नसकेको बसपार्क आफुले तिन महिनामा माइल गरेको पनि जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर