उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी ९ जनाको मृत्यु — OSNepal

उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी ९ जनाको मृत्यु

LC (KTM) January 02, 2022 0

डालियान, १८ पुस -उत्तरपूर्वी चीनको डालियान शहरको एक बजार मुनिको भूमिगत क्षेत्रमा शुक्रबार भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। उक्त दुर्घटना शुक्रबार बिहान ११:११ मा भएको थियो र दिउँसो १:०० बजे आगो निभाइएको थियो।

आगो निभाउने क्रममा नौ जना पीडितमध्ये एकजना अग्निनियन्त्रकको मृत्यु भएको थियो । पाँच जना सामान्य घाइते भएका छन् र उपचाररत छन् । त्यसैगरी चार जना अझै अस्पतालमा छन् भने एक जना डिस्चार्ज भइसकेका छन् ।दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ ।(रासस-सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर