उदयपुरमा अब मतदाता नामावली संकलन अभियान — OSNepal

उदयपुरमा अब मतदाता नामावली संकलन अभियान

LC (KTM) December 02, 2021 0

उदयपुर, १६ मंसिर – जिल्ला निर्वाचन कार्यालय उदयपुरले मतदाता नामावली संलकन अभियान सञ्चालन गर्ने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख हिमालय बरालका अनुसार १७ मंसिरदेखि १८ पुससम्म अभियान सञ्चालन हुनेछ ।

पहिलो चरणमा १७ मंसिर देखि २ पुससम्म लिम्चुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिका केन्द्रमा मतदाता नामावली संकलन गरिनेछ भने दोस्राे चरणमा ४ पुसदेखि १८ पुससम्म रौतामाई गाउँपालिका, बेलका र चौदण्डीगढी नगरपालिका केन्द्रमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकृत हिमालय बरालले बताए ।

मतदाता नामावलीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले नाम दर्ता गराउन सक्नेछन् । नेपाली नागरिकता प्राप्त नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा तथा बसाईँसराई तथा बिवाह गरिएका आएकाले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछ ।

त्रियुगा र कटारी नगरपालिकाको हकमा भने निर्वाचन कार्यालय गाईघाट जिल्ला प्रशासन कार्यालय उदयपुर र इलाका प्रशासन कार्यालय कटारीमा नियमित रुपमा मतदाता नामावली संकलन भएर रहेकाले टोली नखटाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर