उषा खड्गी कार्यक्रम प्रस्तोताको रुपमा प्रस्तुत हुने — OSNepal

उषा खड्गी कार्यक्रम प्रस्तोताको रुपमा प्रस्तुत हुने

LC (KTM) December 28, 2021 0

पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गी कार्यक्रम प्रस्तोताको रुपमा प्रस्तुत हुने भएकी छन् । पूर्वमिस नेपाल खड्गी न्युज २४ टेलिभिजनमा प्रस्तुत हुने साप्ताहीक कार्यक्रम ‘आमा सिजन चार’लाई लिएर दर्शकसामु प्रस्तुत हुन लागेकी हुन् ।

न्युज २४ नेपाल टेलिभिजनबाट साप्ताहिक रूपमा प्रसारण हुने कार्यक्रम ‘आमा सिजन चार’लाई आफू चाडैं दर्शकमाझ माझ उपस्थित हुने खड्गीले बताइन् । उक्त कार्यक्रममा आमाको आशिर्वाद र प्रेरणाको भूमिकालाई प्रसारण गरिनेछ ।

नेपाली समाजमा त्यस्ता सन्तानहरु जन्मिएका छन् । जो मुलुक र समाजका लागि वास्तवमा नै गौरव गर्न लायक छन् । जसले नेपालको शीर र नामलाई अन्तर्राष्ट्रिय मञ्च र समुदायमा अझ उच्च पारेका छन् । तर, ती र त्यस्ता सन्तानलाई जन्म दिने आमा सदैव आझेलमा छन् । सन्तानको खुसीमा रमाउँदै गुमनाम छन् । कार्यक्रममा तीनै गुमनाम आमाहरुका त्याग, बलिदान, प्रेरणा र संघर्षलाई प्रस्तुत गरिने छ ।

नेपाली टेलिभिजनमा पृथक पहिचान बनाउन सफल कार्यक्रम आमा सिजन एककी प्रस्तोता सविना कुवँर थिइन । त्यस्तै सिजन दुईमा अभिनेत्री गौरी मल्ल र सिजन तीनमा अभिनेत्री सरिता लामिछाने उक्त कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

सिजन तीनसम्म पाएको दर्शकको मायालाई निरन्तरता दिन पूर्वमिस नेपाल खड्गी ‘आमा’ कर्यक्रमको साथमा दर्शकमाझ प्रस्तुत हुन लागेकी हुन् । पहिलो, दोस्रो र तेस्रो सिजनबाट पाएको दर्शकको मायाको कदर गर्दै आमा सिजन चार प्रस्तुत गर्न लागेको टेलिभिजनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर