ऋतिक रोशनको आज ४८ औ जन्म दिन , पुर्व पत्नी सुजैनले शुभकामना दिदै यस्तो भावुक पोष्ट गरिन् — OSNepal

ऋतिक रोशनको आज ४८ औ जन्म दिन , पुर्व पत्नी सुजैनले शुभकामना दिदै यस्तो भावुक पोष्ट गरिन्

LC (KTM) January 10, 2022 0

ऋतिक रोशन आज थप एक वर्ष बुढो भएका छन् । आज बलिउडका ग्रीक गड ऋतिक रोशनको जन्मदिन हो । ऋतिक आज ४८ वर्षका भएका छन् । यस खुसीको अवसरमा उनकी पूर्वपत्नी सुजैन खानले उनलाई शुभकामना दिएकी छन् । सुजैनले ऋतिकको तस्विरबाट बनेको मोन्टेज भिडियो शेयर गर्दै बधाई दिएकी छिन् ।

सेयर गर्दै सुजैनले यो भिडियोमा ऋतिक रोशनलाई आफ्ना छोराछोरीसँग देख्न सक्नुहुन्छ। ऋतिक आफ्ना छोराहरु रेहान र हृदानसँग रमाइलो गरिरहेको देखिन्छन् । भिडियो शेयर गर्दै सुजैन खानले लेखेकी छिन्,– ‘ह्याप्पी बर्थडे । तपाईं एक अद्भुत बुबा हुनुहुन्छ। रे र रिज धेरै भाग्यशाली छन् जसले तपाई लाई पाएका छन् । तपाईका सबै इच्छा र सपनाहरू पूरा होस्। मेरो तर्फबाटा न्यानो अंगालो ।

जैन खानको यो पोस्टमा धेरै फ्यानहरूले कमेन्ट गरिरहेका छन्। कतिपयले उनी र ऋतिक रोशन फेरि एकताको लागि प्रार्थना पनि गरिरहेका छन् । ऋतिक रोशन र सुजैन खान सम्बन्ध विच्छेद पछि पनि साथीको रुपमा सँगै रहदै आएका छन् । मिलेर छोराछोरी हुर्काइरहेका छन् ।

यस्तो अवस्थामा दुबै जना सँगै लंच, डिनर र बिदा मनाउन जाने गरेका छन् ।ऋतिक रोशन र सुजैन खानले सन् २००० मा विवाह गरेका थिए । उनीहरुका दुई छोरा छन्– रेहान र रिदान । ऋतिक र सुजैन २०१३ मा अलग भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर