एउटा फिल्मको १५० करोड फिस लिदै प्रभास , सलमान–अक्षय पछि सबैभन्दा हाईएस्ट पेड एक्टर — OSNepal

एउटा फिल्मको १५० करोड फिस लिदै प्रभास , सलमान–अक्षय पछि सबैभन्दा हाईएस्ट पेड एक्टर

LC (KTM) November 24, 2021 0

साउथ फिल्म उद्योगका सुपरस्टार प्रभास हाईएस्ट पेड एक्टर्सको लिस्टमा सामेल भएका छन् । प्रभासको स्टारडम यति ठुलो भइसक्यो कि उनलाई ठुला ठुला निर्माताहरुले साइन गराउनका लागि एकदमै बढी रकम दिन तयार देखिन्छन् । खबरका अनुसार एक फिल्मको लागि करोडौको फीस लिने प्रभास बलिउड एक्टर्स सलमान खान तथा अक्षय कुमार लाई एकदमै तगडा कम्पिटिशन दिएका छन् ।

खबरका अनुसार सलमान खन, अक्षय कुमार पछि मनोरञ्जन क्षेत्रमा सबैभन्दा हाईएस्ट पेड एक्टर्स रहेका छन् । बलिउड हंगामा आफ्नो रिर्पाेटमा बताएको छ कि भुषण कुमार आज बलिउडको सबैभन्दा ठुलो निर्माता रहेका छन् । उनी कोरोनाको महामारी पछि २ वटा फिल्म बनाउने प्लानमा रहेका छन् ।

यसका लागि उनले बलिउड एक्टरलाई कास्टको रुपमा नलिएर साउथ एक्टर प्रभासलाई देखिने बताएका छन् । यसका बारेमा छलफल चलिरहेको उनले जनाएका छन् । यस फिल्मको निर्माण पक्ष बजेटलाई लिएर चिन्तित छैन । प्रभाषले आदि पुरुषको लागि मात्रै १५० करोड लिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर