एकपछि अर्को चर्चा बटुल्दै नोरा फतेही — OSNepal

एकपछि अर्को चर्चा बटुल्दै नोरा फतेही

LC (KTM) November 23, 2021 0

बलिउड अभिनेत्री नोरा फतेही अहिले एकदमै चर्चामा रहने गरेकी छिन् । उनी आफ्नो हट फोटो र लुक्सका कारण सधै सामाजिक सञ्जालमा भाइरल हुने गरेकी छिन् । उनको फोटोको एक झलक देख्नका लागि फ्यानहरु अति नै प्रतिक्षारत रहने गर्छन् ।

नोरा पनि आफ्नो फ्यानहरु संग सामाजिक सञ्जाल मार्फत जोडि नै रहेकी हुन्छिन् । उनी कहिले जिमबाट त कहिले शुटिंग लोकेशनबाट उनी इन्जोय गरिरहेको फोटोहरु फ्यानहरुका लागि शेयर गरिरहेकी हुन्छिन् । हालै उनले आफ्नो एकदमै हट फोटो सार्वजनिक गरेकी छिन् ।

उनले व्हाइट आउटफिटमा आफ्नो तस्बीर शेयर गरेकी छिन् । यस फोटोमा उनी कटआउट ड्रेसमा देखिएकी छिन् । उनको यो बोल्ड फोटोले इन्टरनेटमा एकदमै धमाल मच्चाएको छ । उनको यो फोटो एकदमै भाइरल भईरहेको छ ।

फोटो शेयर गर्दै नोराले क्याप्शनमा लेखेकी छिन्– तपाई मलाई यसरी हेरिरहनु भएको छ कि मैले तपाई लाई कुनै दोस्रो छनौट दिएकी छैन । उनले यो तस्बीर शेयर गरे संगै उनको कमेन्ट बक्समा हर्ट तथा फायर इमोजीको बाढी नै आएको छ । एक दिनमै फोटोमा २६ लाख भन्दा बढी लाईक आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर