एकाएक बिबादमा तानिए अभिनेता अमिताभ — OSNepal

एकाएक बिबादमा तानिए अभिनेता अमिताभ

LC (KTM) November 22, 2021 0

बलिउडका महानायक अमिताभ बच्चनलाई सबैले मान्ने गरेका छन् । उनी कहिल्यै पनि बिबादमा तानिने गरेका छैनन् । तर पछिल्लो समय पान मसलाको बिज्ञापन गरेको भन्दै उनको तिब्र आलोचना हुदै आएको छ । स्वास्थ्यमा असर गर्ने बिज्ञापन खेलेको भन्दै उनको तिब्र आलोचना हुदै आएको हो ।

आम दर्शकको नराम्रो प्रतिक्रिया आए पनि यस बिषयमा बच्चनले आफ्नो प्रष्टिकरण दिए पनि बिरोध गर्न छोडेका थिएनन् । यसैबीच, अमिताभ बच्चनसँगको सम्झौता सकिए पनि पान मसाला कम्पनीले लगातार विज्ञापन प्रशारण गरिरहेको खबर आएपछि उनले कम्पनीलाई लिगल नोटिस पठाएर रोक्न माग गरेका छन् । पान मसलाको बिज्ञापनमा उनी लामो समय देखी काम गर्दै आईरहेका थिए ।

उनले आफ्नो जन्म दिनको अवसरमा कम्पनी संगको संझौता समाप्त गर्ने सहमति गरेका थिए । उनले यो बिज्ञापन खेले पछि ट्रोलको सामना गर्नु परेको थियो । त्यसकारण पनि संझौता सकिए पछि बिज्ञापन प्रशारण नरोकिए पछि कानुनी नोटीस नै पठाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर