एकाबिहानै बाटो खन्दै गरेको डोजर पल्टिँदा २२ वर्षीय युवकको ज्यान गयो — OSNepal

एकाबिहानै बाटो खन्दै गरेको डोजर पल्टिँदा २२ वर्षीय युवकको ज्यान गयो

LC (KTM) November 18, 2021 0

देउखुरी, २ मङ्सिर -बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ ।

सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो । बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर