एकै विद्यालयका २८ शिक्षक-विद्यार्थी काेराेना संक्रमण, विद्यालय बन्द — OSNepal

एकै विद्यालयका २८ शिक्षक-विद्यार्थी काेराेना संक्रमण, विद्यालय बन्द

LC (KTM) December 03, 2021 0

बागलुङ, १७ मंसिर -बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा काेराेना  संक्रमण पुष्टि भएकाे छ । ८२ जनाकाे पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा काेराेना पुष्टि भएकाे नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।

दुई शिक्षक र एक विद्यार्थीमा काेराेना पुष्टि भएपछि थप विद्यार्थीकाे पिसिआर परीक्षण गरिएकाे थियाे ।विद्यार्थी र शिक्षकमा काेराेना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएकाे स्वास्थ्य कार्यालयले जनाएको छ । बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुराेध गरिएकाे खनालले बताए ।

बलेवा क्षेत्रमा बागलुङ नगरपालिका १२, १३ र १४ नम्बर वडा पर्छन् ।बिहीबार थप तीन स्थानीय बासिन्दामा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । काेराेना संक्रमण पाइएपछि स्वास्थ्य कार्यालयको टोली आज जान लागेकाे स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित रहेकामा बिहीबारमात्रै थप संक्रमित थपिएपछि संख्या ४१ पुगेको छ । दुई जना संक्रमित धाैलागिरि अस्पतालकाे आइसोलेशनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर