एक अपरिचित महिला सैफ अली खानको कोठामा एक्कासी पसेपछि यस्तो सम्म भयो, करीना भईन् हैरान — OSNepal

एक अपरिचित महिला सैफ अली खानको कोठामा एक्कासी पसेपछि यस्तो सम्म भयो, करीना भईन् हैरान

LC (KTM) November 17, 2021 0

सैफ अली खान तथा करिना कपुर केही महिना पहिला बान्द्रा स्थित आफ्नो नयाँ घरमा शिफ्ट भएका छन् । यसभन्दा पहिला उनीहरु फच्र्यून हाइट्स अर्पाटमेन्टमा बस्ने गरेका थिए । यो घरमा उनीहरुको एकदमै मिठो यादहरु जोडिएको छ । कुनै यस्ता यादहरु समेत रहेका छन् कि दुबै कपलको लागि एकदमै अनौठो थियो ।

यशराज फिल्मस्द्धारा शेयर गरिएको भिडियोमा सैफले आफ्नो दारीको अनुभवका बारेमा पनि बताएका थिए । यसै क्रममा सैफले घरमा भएको एक घटनाका बिषयमा समेत बताएका छन् । सैफले आफ्नो घरमा एक अपरिचीत महिला घुसेका जिकिर समेत गरेका छन् । उनले घटना बारे बताउँदै भने– मैले ढोका खोले । एक अपरिचित महिला घर भित्र छिरिन् । मलाई देखिन् र भनिन् तिमि यहाँ बस्छौ ?

मलाई थाहा थिएन उनी पुरै कन्फिडेन्सका साथ सिधै मेरो घरमा छिरेकी थिईन् । ति महिला सिधै कोठा भित्र छिरेपछि करीना हेरेको हेरै भएकी थिईन् । यति देखे पछि करिनाले भनिन्– के तिमि केही भन्दैनौ ? म के भनौ भन्ने आफैमा दुबिधामा थिए । त्यसपछि मैले भने कि तपाई यहाँ बाट जानु होस् । यहाँ छिरेर के गरिरहनु भएको छ । ति महिलाले ओके भनेर फेरी बाहिर सरासर गएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर