एक हप्तामा नै 'यस्तो माया' र 'माया जदौ' बाट २ अवार्ड हात पारे संगीतकार दीपक शर्माले — OSNepal

एक हप्तामा नै ‘यस्तो माया’ र ‘माया जदौ’ बाट २ अवार्ड हात पारे संगीतकार दीपक शर्माले

LC (KTM) November 16, 2021 0

काठमाडौँ । पछिल्लो पुस्ताका व्यस्त संगीतकार हुन् दीपक शर्मा । चलचित्र, आधुनिक गीत र लोक लयमा आधारित गीतमा उत्कृष्ठ संगीत सृजना गर्दै आएका संगीतकार शर्माले पछिल्ला दिनमा अब्बल गीतकारको परिचय पनि जोडेका छन् ।

केही गीतमा मोडल बनेर आँफैले अभिनय गरेका गीतकार तथा संगीतकार शर्माको कामलाई मूल्याकंन गरेर वर्षेनी हुने विभिन्न अवार्ड आयोजकहरुले उनको कामको प्रोत्साहन गर्दै आएका छन् । यसैबिच संगीतकार शर्माले गएको हप्तामा २ वटा अवार्ड हात पारेका छन् ।

गत बिहिबार राजधानीको नयाँ बानेश्वरमा अवस्थित डाइनिगं पार्कमा सम्पर्न विराट म्यूजिक अवार्ड वितरण समारोहमा संगीतकार शर्माले ‘यस्तो माया’ बोलको आधुनिक गीतबाट र शुक्रबार रसियन कल्चरमा सम्पन्न सगरमाथा म्यूजिक अवार्डमा उनले चलचित्र हिजो आजका कुराबाट ‘माया जदौ’ बोलको गीतबाट उत्कृष्ट संगीतकारको अवार्ड जित्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर