एन्फाले बोलायो कार्यसमिति बैठक — OSNepal

एन्फाले बोलायो कार्यसमिति बैठक

LC (KTM) December 28, 2021 0

काठमाडौं, १२ पुस -अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक बस्ने भएको छ । कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेसँगै एन्फाको १५औं कार्यसमितिको बैठक पुस २२ गतेलाई बोलाइएको छ ।एन्फाका महासचिव इन्द्रमान तुलाधारले कार्यसमिततिका सबै सदस्यलाई सोमबार पत्राचार गर्दै २२ पुस (बिहीबार) लाई बैठक आह्वान गरेका हुन् ।

१ पुसमा एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित उपाध्यक्ष वीर बहादुर खड्का, कृष्ण थापा र सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामाले लामो समय एन्फाको बैठक बस्न नसकेको र साधारणसभा जिल्ला लिग, राष्ट्रिय लिग सम्बन्धीत छलफल गर्न माग गर्दै बैठक माग गरेका थिए ।

एन्फाको विधानअनुसार यसरी कार्यसमिति सदस्यहरूबाट माग भएको १५ दिनभित्र बैठक बोलाइसक्नु पर्ने प्रावधान छ । जस अन्तर्गत २२ गते एन्फा मुख्यालयमा साठे १२ बजे बैठक बोलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर