एपीएफलाई उपाधि जित्न ६८ रनको लक्ष्य — OSNepal

एपीएफलाई उपाधि जित्न ६८ रनको लक्ष्य

LC (KTM) December 26, 2021 0

काठमाडौं, ११ पुस- कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको हो ।

प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन जोडिन् । अप्सरी बेगमले ३४ बलमा १ चौकासहित ११ रनको योगदान दिइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । एपीएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन् । रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर