एमालेको अवरोधका कारण प्रतिनिधिसभाको अर्को बैठक कात्तिक २९ गते बस्ने — OSNepal

एमालेको अवरोधका कारण प्रतिनिधिसभाको अर्को बैठक कात्तिक २९ गते बस्ने

LC (KTM) October 28, 2021 0

काठमाडौं ११ कात्तिक । प्रतिनिधिसभाको आजको बैठक पनि नेकपा एमालेको नारावाजीका कारण स्थगित भएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाल सापकोटाले गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

सभामुखले प्रतिनिधिसभाको कामकारबाही शुरु भने लगत्तै एमालेका सांसदहरुले नारावाजी सुरु गरेका थिए । अब अर्को बैठक कात्तिक २९ गते दिउँसो १ बजे बस्ने भएको छ ।

संसद बैठक सुरु भएसँगै एमालेको नारावाजी संसद बैठक राम्रोसँग चल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर