एमालेको झापा जिल्ला अधिबेशनको तयारी पुरा — OSNepal

एमालेको झापा जिल्ला अधिबेशनको तयारी पुरा

LC (KTM) January 05, 2022 0

नेकपा एमाले झापाको पुस २३ र २४ गते हुने १० औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । बिर्तामोडस्थित राम चोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक तयारी पुरा भएको कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

नेकपा एमाले झापाका सचिवालय सदस्य समेत रहेका ढुङ्गेलले १० औं जिल्ला अधिवेशनमा खुलासभा नहुने जानकारी दिए । उनका अनुसार यस पटकको अधिवेशनमा प्रतिनिधिहरु मात्रै सहभागी हुने छन् । अधिवेशनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको छ । उनले दिएको जानकारी अनुसार अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी हुने छन् ।

मञ्च व्यवस्थापन, प्रतिनिधिहरुलाई दिइने सामग्री, राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनको तयारी समेत पुरा भइसकेको उनको भनाई छ । १९ गते सम्पन्न जिल्ला कमिटीको बैठकले अधिवेशनको अध्यक्ष मण्डलमा पार्टीका स्थायी कटिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेललाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

अध्यक्ष मण्डलको सदस्यहरुमा सबै केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्ष, सचिव र प्रदेश सदस्य खगेन्द्र नेपाल रहेका छन् । बैठकले बहस नोट कमिटी, माइन्यूट लेखनका लागि समेत जिम्मेवारी तोकेको छ । कार्यलय सचिव ढुङ्गेलका अनुसार अधिवेशन बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने छ । दुवै दिनका लागि सोही समय तोकिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर