एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा छिमेकी देश भारतबाट भाजपाका दुई जना नेता सहभागी हुँदै — OSNepal

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा छिमेकी देश भारतबाट भाजपाका दुई जना नेता सहभागी हुँदै

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाअधिवेशनमा सहभागी हुन छिमेकी राष्ट्र भारतबाट भारतीय जनता पार्टीको तर्फबाट पूर्व कन्द्रीय मन्त्री डा. हर्षवर्धन र सो पार्टीका सचिव हरिष द्विवेदी आउने भएका छन् ।

भोली शुक्रबार चितवनमा सुरु हुने महाधिवेशनको लागि काठमाडौंमा नेता तथा कार्यकर्ताहरु जाने क्रम जारी रहेको छ । अतिथिको रुपमा सहभागी हुनका लागि भाजपाका दूई नेता आउने भएका हुन् ।

साथै भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिस्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, लेनिनवादी लिवरेशन पार्टीका प्रतिनिधि पनि आउने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर