एमाले उदपुरको अध्यक्षमा पशमेश्वर घिमिरे सर्वसम्मत — OSNepal

एमाले उदपुरको अध्यक्षमा पशमेश्वर घिमिरे सर्वसम्मत

LC (KTM) January 10, 2022 0

उदयपुर, २६ पुस- नेपाल कम्युनिस्ट पार्टी एमालेको आठौं जिल्ला अधिवेशनको चार दिन लामो रस्साकस्सीबीच नयाँ नेतृत्व चयन गरेको छ । खुल्ला सत्र सकिएको चार दिनको प्रयासपछि सर्वसम्मत नेतृत्व चयन गरेको हो । परमेश्वर घिमिरेको अध्यक्षतामा १ सय १२ सदस्य नयाँ जिल्ला कमिटी चयन गरेका छन् ।

उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ सचिवमा कालु लामा, उपसचिवमा भरतबहादुर थापा उपसचिव टेकबहादुर राउतसहितको पाँच जनाको पदाधिकारीसहित एक सय १२ जनाको जिल्ला कमिटी घोषणा गरेको छ ।

नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरेर सर्वसम्मतको प्रयास थालिएको थियो । अध्यक्षका आकाङ्क्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनमा समय लागेको अध्यक्ष मण्डलका अध्यक्ष नेपाल कम्युनिस्ट पाटी एमालेका पोलिट ब्युरो सदस्य मन्जुकुमारी चौधरीले बताइन् ।

हलले सर्बसम्मत नेतृत्व चयनका लागि पार्टी पोलिट ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो । सबैको चाहना र भावना अनुरूप नेतृत्व सर्वसम्मत चयन गर्न सहमति खोजिएको जनाएका छन् । पार्टीमा गुटगत प्रवृत्तिको अन्त्य गर्न अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने तल्लोदेखि माथिल्लो तहसम्मका नेताहरूको दबाब रहेको अध्यक्ष मण्डलले जानकारी दिए । अध्यक्षका लागि परमेश्वर घिमिरे, कुशलबाबु बस्नेत, खड्गबहादुर परियार र कालु लामाले दाबी गर्दै आएको थियो ।

त्यसैगरी जिल्ला कमिटीमा खुल्लातर्फ ३३ जना, निर्वाचन क्षेत्रबाट ३० जना, पालिकाबाट २४ जना, आदिवासी जनजातिबाट ६ जना, श्रमिकबाट ६ जना, उत्पीडित समुदायबाट पाँच जना, थारु समुदायबाट पाँच जना, मधेसी मुस्लिमबाट दुई जना र लोपोन्मुखबाट एक जना गरी १ सय १२ जनाको कमिटी चयन गरिएको नव निर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर