एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण — OSNepal

एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

LC (KTM) January 14, 2022 0

खोटाङ, ३० पुस-नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाललगायतले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवनमा अध्यक्ष दंगाल, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राईले पदभार ग्रहण गरेका हुन् ।

एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद उषाकला राईले पदभार ग्रहण गराएकी थिइन् । उपाध्यक्ष देवविक्रम राईले कार्यव्यस्तताका कारण पदभार ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेको एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर