एमाले नफुट्दै माधव नेपालको पछि लागेका भीम रावललाई ओलीले के भने त्यस्तो ? जसले ल्यायो एमालेमा तरंग — OSNepal

एमाले नफुट्दै माधव नेपालको पछि लागेका भीम रावललाई ओलीले के भने त्यस्तो ? जसले ल्यायो एमालेमा तरंग

LC (KTM) November 23, 2021 0

काठमाडौं, ७ मंसिर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वभाविक रुपमा लिने बताएका छन् । अल्फाविटामा सम्पादकहरुसँग अन्तरक्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वभाविक भएको बताए ।

‘रावलजीले मलाई चुनौती दिनु भएको छैन । मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो । उहाँको स्नेहपूर्ण सुझाववाट प्रभावित छु । रावलजीलाई मन पराउनेहरूले मैले विश्राम लिए हुन्छ भन्ने देखिन्छ । तर, रावलजीको मनमा यो छैन,’ उनले भने ।

अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी टुंगो नलागेको पनि बताए । ‘म उठने/ नउठने कुनै टुंगो गरेको छैन । मलाई कसैले चुनौती दिन खोज्यो भने लोकतन्त्रमा चुनौती स्वाभाविक हो,’ उनले भने ।

आफू उठ्दा अरुले प्रतिस्पर्धा नगरोस भनेर आफूले नचाहने उनको भनाइ थियो । ‘म उठ्ने भएकाले अरू नउठुन भन्ने चाहन्नन । नउठोस् भनेर दबाब दिने छैन । सहमति हुँदैन भने मैले सहमति गर भनेर कर गर्दिन । करकाप गरेर सहमति गर भन्दिन, म अवसरमा भाँजो हाल्दिन, सबैलाई चुनाव लड्न दिनेछु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर