एमाले महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षमण्डल गठन — OSNepal

एमाले महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षमण्डल गठन

LC (KTM) November 24, 2021 0

काठमाडौं-एमालेले १०औं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको हो ।

समितिमा ओलीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।यस्तै एमाले महाधिवेशनमा २२७९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्।एमालेको १०औं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर