एमाले महाधिवेशनको उद्घाटन सत्रमा जालान् त ५ लाख कार्यकर्ता ? कसरी गर्दैछ एमालेले व्यबस्थापन ? — OSNepal

एमाले महाधिवेशनको उद्घाटन सत्रमा जालान् त ५ लाख कार्यकर्ता ? कसरी गर्दैछ एमालेले व्यबस्थापन ?

LC (KTM) November 26, 2021 0

चितवन, १० मंसिर – नेकपा (एमाले)को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा जनलहर उर्लिने क्रम सुरु भएको छ । आज दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरू आउने क्रम सुरु भएको हो ।

आज बिहानैदेखि चितवनमा एमाले महाधिवेशनका लागि जनलहर सुरु भएको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् । महाधिवेशन उद्घाटनमा सहभागी हुन पूर्व तथा पश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधि तथा नागरिकहरूको बाक्लो उपस्थिति रहेको उनको भनाइ छ । चितवनबाट बाजागाजासहित जनसहभागिता हुने तयारी भइरहेको जिल्ला अध्यक्ष रावलले बताइन् ।

रावलका अनुसार चितवनका सातवटै स्थानीय तहका ९८ वटा वडा, दुईवटा शाखा कमिटी तथा भ्रातृ संगठनहरूबाट एक लाख मानिस उतार्ने गरी तयारी छ । महाधिवेशन उद्घाटन हुनुपूर्व चितवनतर्फको नदीकिनारमा मानिसहरूको व्यापक सहभागिता हुन सुरु भइसकेको भन्दै सहभागीहरूलाई संयमित हुन उनले आग्रह गरिन् ।

जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ४५ बढी स्थानमा स्वागतद्वार निर्माण गरिएको भन्दै रावलले देशभरिबाट पाँच लाख मानिसहरू नदीकिनारमा उतार्ने बताइन् । महाधिवेशन उद्घाटनका लागि एमालेका नेताहरू चितवन आइसकेका छन् । आज दिउँसो नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर