एमाले महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी हुने — OSNepal

एमाले महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी हुने

LC (KTM) November 19, 2021 0

रुपन्देही, ३ मङ्सिर-नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी १० देखि १२ गतेसम्म चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशन प्रचारप्रसार समिति लुम्बिनीले आज बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी तीव्र बनाइएको जनाउँदै रुपन्देहीबाट २२ हजारसहित १२ जिल्लाका प्रतिनिधि सहभागी हुने जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले लुम्बिनीका अध्यक्ष लीला गिरीले महाधिवेशन सम्पन्न गर्न लुम्बिनीमा विशेष तयारी गरिएको बताउनुभयो । महाधिवेशन प्रचारप्रसार विभाग लुम्बिनीका प्रमुख झपेन्द्र जिसीले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ’, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नारासहित हुन लागेको महाधिवेशनले एमालेलाई अझै बलियो बनाउने बताउनुभयो ।

एमाले प्रचारप्रसार विभाग केन्द्रीय सदस्य डिआर घिमिरेले रुपन्देहीमै चितवन महाधिवेशनको झल्को दिने गरी बुटवलका विभिन्न स्थलमा डिजिटल बोर्डको व्यवस्थापन तथा आकर्षक गेट निर्माणको तयारी गरिएको जानकारी गराउनुभयो । प्रचारप्रसार विभाग लुम्बिनीका सदस्य तथा पार्टी प्रचारप्रसार रुपन्देहीका प्रमुख मोहन चापागाईंले यस पटकको महाधिवेशनलाई डिजिटलाइजेशन बनाउने गरी तयारी भइरहेको बताउँदै इ भोटिङ प्रणालीसँगै प्रचारका शैलीमा पनि परिवर्तन गरिएको बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर