एमाले महाधिवेशन : प्रचण्डलाई धोका दिएका नेताहरुरुका अगाडी आइपर्यो यस्तो अग्नी परीक्षा — OSNepal

एमाले महाधिवेशन : प्रचण्डलाई धोका दिएका नेताहरुरुका अगाडी आइपर्यो यस्तो अग्नी परीक्षा

LC (KTM) November 23, 2021 0

काठमाडौं, ७ मंसिर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताएका छन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए ।

माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने हो । यसको पक्षवाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन । महाधिवेशनबाट अन्तरघुलित भएर अघि बढछौँ ।’

एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर