एमाले महाधिवेशन : १७ बुँदे घोषणापत्र जारी — OSNepal

एमाले महाधिवेशन : १७ बुँदे घोषणापत्र जारी

LC (KTM) November 30, 2021 0

चितवन, १४ मंसिर -चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ ।

१० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो ।घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिवद्धता छ ।

घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकतावद्ध हुन आह्वान गरेको छ । निर्वाचन आयाेगले अन्तिम मत परिणाम भने सार्वजनिक गरिसकेकाे छैन ।मत परिणाम र सपथग्रहण पछि विधिवत समापनकाे घाेषणा गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर