एमाले महाधिवेशन : ७० वर्षे उमेरहद लागु भएपछि ओलीबाहेक यि ४ नेता ‘रिङ आउट’ हुँदै — OSNepal

एमाले महाधिवेशन : ७० वर्षे उमेरहद लागु भएपछि ओलीबाहेक यि ४ नेता ‘रिङ आउट’ हुँदै

LC (KTM) November 22, 2021 0

काठमाडौं, ६ मंसिर । एमालेको आसन्न महाधिवेशनको नेतृत्व र पदाधिकारीमा कसले बाजी मार्ला भन्ने बहस चुलिएको छ । तर, यो महाधिवेशनले केही नेताहरुलाई भने बिदाई गर्दैछ । गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागु गरेका कारण एमालेको शक्तिशाली भूमिकामा रहदै आएका कम्तीमा चार जना नेता चितवन महाधिवेशनबाट बिदाई हुँदैछन् ।

अध्यक्षमा पुनः अनुमोदन हुन लागेका केपी ओली मंसिरमा नभई ११ फागुनपछि महाधिवेशन भएको खण्डमा १०औँ महाधिवेशनबाटै बिदाई हुने थिए । किनकी ११ फागुन २०७८ मा उनी ७० पुगेर ७१ लाग्दैछन् ।

विधान महाधिवेशनले ७१ वर्ष लागेपछि पार्टीको कार्यकारी भूमिकामा बस्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार तीन महिना चाँडो अधिवेशन भएका कारण ओली जोगिए पनि अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा भने चितवन महाधिवेशनबाटै एमालेको कार्यकारी भूमिकाबाट बिदा हुँदैछन् । उनी ७३ वर्षका भइसकेका छन् ।

बोहोरासँगै मधेसका शक्तिशाली मानिने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पनि चितवन महाधिवेशनबाटै ‘रिङ आउट’ हुँदैछन् । उनी ७० वर्ष पुगिसकेका छन् ।
अर्का स्थायी कमिटी सदस्य केशव बडाल पनि ७२ वर्षका भइसकेका छन् । त्यसैले उनी पनि चितवन महाधिवेशनबाट एमालेको सक्रिय भूमिकाबाट अलग हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर